१७ मन्त्रालय बनाउने प्रस्ताव : सामान्य प्रशासन प्रधानमन्त्री कार्यालयमा गाभिने
सारांश
- सरकारले मन्त्रालयहरूको सङ्ख्या १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ।
- यस प्रस्ताव कार्यान्वयनमा आए युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय रहने छैनन्।
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा गाभिनेछ।
काठमाडौँ । सरकारले मन्त्रालयहरूको सङ्ख्या १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार चार वटा मन्त्रालय खारेज गर्ने प्रस्ताव गरिएको छ।
प्रस्ताव कार्यान्वयनमा आए युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय रहने छैनन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले १ सय दिनमा गर्ने सय कामभित्र मन्त्रालयको सङ्ख्या घटाई १७ कायम गर्ने सरकारले निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गर्न गठित कार्यदलले खारेजी गर्ने र आपसमा गाभ्ने मन्त्रालयको सुची तयार पारेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले सङ्घमा १७ मन्त्रालय रहने प्रस्ताव तयार गरेको हो ।
कार्यदलमा अर्थ, सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव, प्रधानमन्त्री कार्यालयका कानुन महाशाखा प्रमुख र सोही कार्यालयका सहसचिव सदस्यसचिव छन् ।
कार्यदलको प्रस्तावअनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई स्वास्थ्य मन्त्रालयमा गाभिनेछ । शहरी विकास र खानेपानीलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाइनेछ । त्यस्तै युवा तथा खेलकुद मन्त्रालयलाई दुई वटा क्लस्टरका रूपमा शिक्षा र महिला मन्त्रालयमा गाभिनेछ ।
खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नामकरण हुनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा युवा, जनसङ्ख्या र सामाजिक सुरक्षालाई लैङ्गिक समानता तथा सामाजिक विकास मन्त्रालय नामकरण गरिने प्रस्ताव छ । भौतिक मन्त्रालयबाट यातायातलाई श्रममा लगिने प्रस्ताव छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा गाभिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण