विपक्षीले सभामुखसँगको बैठकमा उठाए सुकुमबासीका घर भत्काउने र संसद् रोकेर अध्यादेश ल्याएको विषय
सारांश
- तीन विपक्षी दलले उचित व्यवस्थापनबिना सुकुमबासीका घर भत्काएको विषयमा आपत्ति जनाएका छन् ।
- विपक्षी दलले सङ्घीय संसद्को अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि आपत्ति जनाएका छन् ।
- सभामुख अर्यालले भोलिसम्म पर्खिनुस्, सरकारले अधिवेशन आह्वान गर्ने जानकारी दिएका छन् ।
काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तीन विपक्षी दलले उचित व्यवस्थापनबिना सरकारले सुकुमबासीका घरमा डोजर चलाएको विषयमा आपत्ति जनाएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि आपत्ति जनाएका हुन्।
बैठकमा बोल्दै एमाले सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले दुई विषयमा आपत्ति जनाएका हुन् ।
बैठकपछि एमाले सचेतक घतानीले उचित व्यवस्थापनबिना सुकुमबासीको घर भत्काउने र आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोकेर अध्यादेश ल्याउने विषयले विपक्षीलाई सोच्न बाध्य बनाएको विषय उठाएको जानकारी दिइन्।
‘सरकारले उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा डोजर चलाएको छ । घर भत्किएका सुकुमबासीहरू अहिले अप्ठ्यारोमा परेका छन् । सरकार भने आह्वान भएको सङ्घीय संसद्को अधिवेशन रोकेर अध्यादेश राज गर्दै छ भन्ने विषय उठायौँ,’ घतानीले रातोपाटीसँग भनिन्, ‘मैले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले यो विषय उठाउँदै अब विपक्षीले विकल्पबारे पनि सोच्छौ भनेका छौँ ।’
आफूहरूको प्रश्नको जवाफमा सभामुख अर्यालले भोलिसम्म पर्खिनुस् सरकारले मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने जानकारी दिएको पनि घतानीले बताइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ गते दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।
त्यसको अर्को दिन सरकारले पत्र पठाएपछि राष्ट्रपति पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अधिवेशन स्थगित गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण