महानगरले सूचना निकालेपछि पोखराका सुकुमबासी सडकमा उत्रिए
सारांश
- पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि सुकुमबासीहरूले विरोध र्याली र कोणसभा गरेका हुन् ।
- सुकुमबासीहरूले सरकारले उचित विकल्प र व्यवस्थापन नगरेसम्म आफूहरू बसिरहेको ठाउँ कुनै पनि हालतमा खाली नगर्ने चेतावनी दिएका छन् ।
- निर्वाचनका बेला लालपुर्जा दिने आश्वासन दिने दलहरूले अहिले उठिबास लगाउन लागेको भन्दै उनीहरूले भोट फिर्ताको माग गरेका छन् ।
पोखरा । सरकारले उचित विकल्प र व्यवस्थापन नगरेसम्म आफूहरू बसिरहेको ठाउँ कुनै पनि हालतमा खाली नगर्ने चेतावनीसहित पोखराका सुकुमबासी सडकमा उत्रिएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि त्यसको विरोधमा सोमबार सुकुम्बासीहरूले विरोध र्याली र कोणसभा गरेका हुन् ।
काठमाडौँको सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनाबाट त्रसित बनेका यहाँका बासिन्दाले ३५ दिने अल्टिमेटम खारेज गर्न माग गर्दै नाराबाजी गरे । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीको आह्वानमा हजारौँ सुकुमबासीले सडक घेरे ।
विदेशी शरणार्थीलाई सुरक्षा दिने सरकारले आफ्नै देशका नागरिकलाई बेवास्ता गरेको सङ्घर्ष समिति संयोजक प्रेम गुरुङले बताए । सुकुमबासी बस्तीमा डोजर चलाउनुअघि नागरिकता खारेज गर्न उनीहरुले सरकारलाई चेतावनी दिएका छन् ।
_7cNr2Dib9S.jpg)
निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलहरूले लालपुर्जा दिने भन्दै झुटो आश्वासन दिएर भोट मागेको तर, अहले उठिबास लाउन लागेको आरोप लगाएका छन् ।
‘भोट दिएको दुई महिना नबित्दै डोजर लिएर आउने भए हाम्रो भोट फिर्ता दिनुपर्छ,’ उनीहरूले भने । २०३२ सालमा बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा हाल ४७५ घरधुरी सुकुमबासीको बसोबास छ । उनीहरूले २ पटकसम्म सरकारले नै परिचयपत्र र निस्सा दिएको बताए । महानगरकै सिफारिसमा बिजुली र पानी जडान गरिएकाले आफूहरूलाई अतिक्रमणकारी भन्नु गलत भएको उनीहरूको तर्क छ ।
सङ्घर्ष समितिले कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै संविधान प्रदत्त आवासको हक सुनिश्चित गर्न माग गरेको छ । सीडीओ रुद्रादेवी शर्माले भने उचित व्यवस्थापन गरेर मात्र समस्याको समाधान खोजिने आश्वासन दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण