टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई जना पक्राउ
सारांश
- बाँके प्रहरीले टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरू नेपालगन्जका अजय कुमाल र डुडुवाका अनिल खटिक रहेका छन्।
- उनीहरूले आफ्नो टिकटक आईडीबाट हतियारसहितका भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोप छ।
बाँके । सामाजिक सञ्जाल टिकटकमा हतियारसहितको भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका वडा नं. ४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। उनीहरूले आफ्नो टिकटक आईडीबाट हातमा हतियार समातेको र सर्वसाधारणलाई आतंकित पार्ने खालका अस्वाभाविक गतिविधि प्रदर्शन गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘Ajay Magar’ र अनिल खटिकले ‘Anilsonkhar’ नामको टिकटक आईडी प्रयोग गरी त्यस्ता भिडियोहरू सार्वजनिक गरेका थिए। आम जनमानसमा असुरक्षाको भावना पैदा गर्ने र समाजलाई आतंकित तुल्याउने किसिमका दृश्यहरू पोस्ट गरेपछि उनीहरूलाई प्रहरीले निगरानीमा राखेर पक्राउ गरेको हो।
सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्याउने यस्ता क्रियाकलापलाई गम्भीरतापूर्वक लिँदै प्रहरीले उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाएको छ। बाँके प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका दुवै जनालाई मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराई म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण