सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

मङ्गलबार, २२ वैशाख २०८३, १२ : ३८
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
  • सरकारले सोमबार पुन अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको उनको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । 

सरकारले सोमबार पुन: अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको उनको सचिवालयले जानकारी दिएको हो । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले सिफारिस गरेका अन्य ७ अध्यादेश यसअघि नै जारी भएका थिए । 

WhatsApp Image 2026-05-05 at 13.05.33

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप