जलवायुमैत्री कृषक पाठशाला स्थापना
बैतडी । सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ।
दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण परियोजनाअन्तर्गत पाठशाला सञ्चालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिए। पाठशालाले कृषकलाई तरकारीखेतीसम्बन्धी परामर्श दिने तथा रोग किरा नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादन वृद्धि गर्न टेवा पुर्याउने उनले बताए।
कृषि प्राविधिकले कृषकको बारीमै गएर प्रयोगात्मक रुपमा बाली लगाएर तालिम दिँदा सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ। पाठशालामार्फत जलवायुमैत्री तवरले कृषिउपज उत्पादन गर्ने लक्ष्य लिइएको छ। रासायनिक मल तथा विषादी न्यूनीकरण गरी जलवायुमैत्री मलबाट उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्य रहेको परियोजनाका कृषि प्राविधिक दिपेश धामीले जानकारी दिए।
यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण