अन्सु फातीलाई ११ मिलियन युरोमा स्थायी गर्ने मोनाकोको तयारी, बार्सिलोनालाई फाइदा
मोनोको । बार्सिलोनाबाट ऋणका रूपमा रहेका स्पेनिस फुटबल खेलाडी अन्सु फातीलाई अब मोनाकोका स्थायी खेलाडी बन्ने भएका छन् । मोनाकोले फातीको करारमा रहेको खरिद विकल्प सक्रिय गर्ने निर्णय गरेको हो, जसअनुसार उनलाई ११ मिलियन युरोमा स्थायी रूपमा खरिद गरिनेछ ।
यो निर्णय फातीले फ्रान्सेली लिगमा यस सिजन मोनाकोको टोलीका लागि दिएका प्रभावशाली प्रदर्शनहरूका कारण मानिएको छ । उनको प्रदर्शनले क्लब व्यवस्थापनलाई आकर्षित गरेको बताइन्छ । प्रख्यात पत्रकार फाब्रिजियो रोमानोका अनुसार दुई पक्ष ९मोनाको र बार्सिलोना० बिचको सम्झौता अन्तिम चरणमा पुगेको छ । आधिकारिक घोषणा हुनुअघि केही अन्तिम विवरणहरू मिलाउन काम भइरहेको छ, यद्यपि यसका लागि खेलाडीको स्वीकृति भने बाँकी छ ।
बार्सिलोनाले यस सम्झौतामा एक विशेष सर्त समावेश गर्नेछ, जसले उनीहरूलाई फातीको भविष्यमा हुने कुनै पनि पुनः बिक्री मूल्यको निश्चित प्रतिशत प्रदान गर्नेछ। यो कदम क्याटालान क्लबले भविष्यमा फातीको अर्को स्थानान्तरणबाट पनि आर्थिक लाभ उठाउन सुनिश्चित गर्ने उद्देश्यले राखिएको हो ।
फातीले आफ्नो विकास र लयलाई निरन्तरता दिनेमा मोनाको आशावादी छ । यस सिजन उनको प्रदर्शनले सबैको ध्यान आकर्षित गरेको छ । फ्रान्सेली क्लबको व्यवस्थापनले उनको स्थायी खरिद अगाडि बढाउन मनाएको हो । मोनाकोले फातीलाई क्लबको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण हिस्साको रूपमा हेरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण