सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गणेश गुरुङको कौडा गीत पियारी सार्वजनिक

बिहीबार, २४ वैशाख २०८३, ०९ : ३८
बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित कौडा/चुड्का गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत साङ्गीतिक शैलीलाई प्राथमिकता दिएको छ ।

गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको गीतमा शब्द गायक गणेशकै छ । गीतको संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका हुन् भने एरेञ्ज तेजेन्द्र दुराको रहेको छ ।

गणेशको यो गीतको भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय देख्न सकिन्छ। करण चैसिरको छायांकन रहेको गीतको भिडियोमा विष्णुहरि तिमल्सिनाको सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन मनाङ गुरुङले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप