बेंगलुरुको शीर्ष स्थानमा उक्लने सपनामा लखनउ बाधक
सारांश
- इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई डीएलएस पद्दति अनुसार ९ रनले पराजित गरेको छ ।
- वर्षाले खेल छोट्याइएपछि पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्शको १११ रनको मद्दतले २०९ रनको विशाल योगफल तयार पारेको थियो ।
- जवाफी ब्याटिङमा बेंगलुरुले २०३ रन मात्र बनाउन सक्यो, जसले गर्दा शीर्ष स्थानमा उक्लने अवसर गुमायो ।
काठमाडौँ। इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई डीएलएस पद्दति अनुसार ९ रनले पराजित गरेको छ ।
वर्षाका कारण १९ ओभरमा छोट्याइएको खेलमा बेंगलुरुले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्शको विस्फोटक शतकको मद्दतले निर्धारित १९ ओभरमा ३ विकेटको क्षतिमा २०९ रनको विशाल योगफल तयार पारेको थियो । लखनउका लागि मार्शले मात्र ५६ बलमा १११ रनको शानदार पारी खेले। उनलाई निकोलस पूरनले ३८ रन र ऋषभ पन्तले अविजित ३२ रन बनाउँदै राम्रो साथ दिए ।
जवाफी ब्याटिङमा उत्रेको बेंगलुरुले निर्धारित १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो । बेंगलुरुका लागि रजत पाटीदारले सर्वाधिक ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै, टिम डेभिडले ४० र देवदत्त पडिक्कलले ३४ रनको योगदान दिए ।
यो जितसँगै लखनउको १० खेलबाट ६ अंक पुगेको छ भने पराजित बेंगलुरु १० खेलमा १२ अंकमा यथावत् छ। यदि यो खेल जितेको भए बेंगलुरु अंक तालिकाको पहिलो स्थानमा उक्लिने अवसर थियो। हाल तालिकाको शीर्ष स्थानमा १४ अंकसहित सनराइजर्स हैदराबाद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण