बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आज विभिन्न तीन संसदीय समितिको बैठक बस्दै

शुक्रबार, २५ वैशाख २०८३, ०९ : ०९
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ ।
  • कृषि समितिमा भूमि व्यवस्था मन्त्रालयको कामकारबाही, प्रगति समीक्षा र आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
  • महिला समितिमा आन्तरिक छलफल र राज्यका निर्देशक समितिमा कार्यविधिबारे छलफल हुनेछ ।

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप