खर्च विवरण
समानुपातिक निर्वाचनमा रास्वपाले गर्यो सबैभन्दा धेरै खर्च, दोस्रोमा कांग्रेस (सूचीसहित)
शुक्रबार, २५ वैशाख २०८३, १७ : ३९
सारांश
- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूको खर्च विवरण सार्वजनिक गरेको छ।
- यस प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी २ करोड ११ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च गरेको छ।
- नेपाली कांग्रेसले १ करोड ९६ लाख ३१ हजार ३ सय ६ रुपैयाँ ७० पैसा खर्च गरी दोस्रो स्थानमा छ।
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा देखिएको छ।
रास्वपाले समानुपातिकतर्फ कुल २ करोड ११ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ करोड ९६ लाख ३१ हजार ३ सय ६ रुपैयाँ ७० पैसा खर्च गरेको देखिएको छ। यस्तै एमालेले ७५ लाख हाराहारी खर्च गरेको देखिन्छ ।
निर्वाचन आयोगले दलहरूलाई निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम खर्चको विवरण बुझाउन निर्देशन दिएको थियो। यस्तै दुई दलले भने खर्च विविरण बुझाएका छैनन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण