सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सुकुमबासी मान्छे होइनन् भने तिमी पनि सरकार होइनौँ भन्न सक्नुपर्छ : नेता श्रेष्ठ

शुक्रबार, २५ वैशाख २०८३, २१ : ०७
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुकुमबासीलाई मान्छे जस्तो व्यवहार नगरेको बताएका छन् ।
  • उनले सुकुमबासीलाई उनीहरु बसिरहेको ठाउँबाट हटाउने काम गैर कानुनी भएको र सरकारविरुद्ध प्रतिरोध अभियान चलाउन आग्रह गरे ।
  • श्रेष्ठले सरकारले सुकुमबासीलाई खनिखोस्री गरेको सिमित जमिन दिन बहाना बनाउन नहुने बताए ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुकुमबासीलाई मान्छेजस्तो पनि व्यवहार नगरेको बताएका छन् । 

सर्लाहीको बागमती नगरभित्रका सुकुमबासीले आफ्नो हक स्थापित गर्न भन्दै सुरु गरेको प्रदर्शनलाई शुक्रबार सम्बोधन गर्दै श्रेष्ठले भने, ‘सरकार लोकतान्त्रिक अधिकारलाई कुठाराघात गर्दै निरङ्कुशता लाद्ने प्रयासमा छ ।’ 

‘सुकुमबासी मान्छे होइनन्, नागरिक होइनन् भन्नेलाई तिमी पनि सरकार होइनौँ भनेर सुकुमबासीले भन्न सक्नुपर्छ’ श्रेष्ठले सुकुमबासीहरुलाई सम्बोधन गर्दै भने, ‘सुकुमबासीलाई आफू बसिरहेको ठाउँबाट हटाउने काम गैर कानुनी हो ।’

सरकारविरुद्ध प्रतिरोध अभियान चलाउन सबै सुकुमबासीलाई उनले आग्रह गरे । सत्य र न्याय तत्काल कमजोर देखिएपनि अन्तमा विजय सत्यकै हुने उनको भनाई थियो ।   

सबैजसो निरङ्कुश सत्ता निर्वाचनबाटै उदाउने गरेको विश्वव्यापी दृष्टान्त रहेको उल्लेख गर्दै नेता श्रेष्ठले जनविश्वासलाई अवमूल्यन गरेर अगाडि बढ्ने निरङ्कुश सत्ता आधुनिक विश्वले स्वीकार नगर्ने बताए । 

सरकारले वैकल्पिक पुनर्वासको कुरा गर्नु उचित नभएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘अति संवेदनशील क्षेत्रको संरक्षण गर्नुपर्ने अवस्थामा बाहेक अव्यवस्थित, भूमिहीन, सुकुमबासीलाई खनिखोस्री गरेको सिमित जमिन दिन सरकारले बहाना बनाउनु हुँदैन।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप