आठौँ भाषा प्रशिक्षण सोमबारदेखि
काठमाडौँ । पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सोमबारदेखि चिनियाँ भाषा सुरु हुन लागेको हो ।
नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइएका हो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवम् पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । उहाँले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबिचको पुल भएको उल्लेख गरे । पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा भाषाको योगदान महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चिनियाँ पर्यटकको प्रमुख रोजाइको गन्तव्य नेपाल बनेको बताए ।
अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको उनको भनाइ थियो । “चिनियाँ भाषा तालिम कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्त्वपूर्ण कार्यक्रम बनेको छ,” उनले भने ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे ।
नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिशचन्द्र साहले सन् २०१६ देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको आठौँ संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी पर्यटन व्यवसायीले चिनियाँ भाषा प्रशिक्षण प्राप्त गरिसकेको जानकारी दिए ।
प्रशिक्षण कक्षा यही वैशाख २८ गते सोमबारदेखि सुरु हुनेछ । कक्षा भने बेलुका ५ देखि ७ बजेसम्म हुने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण