पाकिस्तानलाई आईएमएफद्वारा १.२ अर्ब डलर ऋण स्वीकृत
सारांश
- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि १.२ अर्ब डलरको ऋण किस्ता स्वीकृत गरेको छ।
- यो रकम पाकिस्तानलाई एक्स्टेन्डेड फन्ड फेसिलिटी (ईएफएफ) अन्तर्गत १ अर्ब डलर र रेजिलेन्स एन्ड सस्टेनेबिलिटी फेसिलिटी (आरएसएफ) अन्तर्गत करिब २१ करोड डलर दिइनेछ।
- यसअघि सेप्टेम्बर २०२४ मा पाकिस्तानलाई ७ अर्ब डलर र थप १.४ अर्ब डलर दिने सहमति भएको थियो।
इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानका लागि १.२ अर्ब डलरको ऋण किस्ता स्वीकृत गरेको छ। समाचार संस्था पीटीआईका अनुसार यो रकम हाल जारी दुई अलग–अलग वित्तीय कार्यक्रमअन्तर्गत उपलब्ध गराइनेछ।
आईएमएफको कार्यकारी बोर्डले पाकिस्तानलाई एक्स्टेन्डेड फन्ड फेसिलिटी (ईएफएफ) अन्तर्गत १ अर्ब डलर र रेजिलेन्स एन्ड सस्टेनेबिलिटी फेसिलिटी (आरएसएफ) अन्तर्गत करिब २१ करोड डलर दिने निर्णय गरेको हो।
यसअघि सेप्टेम्बर २०२४ मा आईएमएफले पाकिस्तानलाई ३७ महिनाको अवधिमा ७ अर्ब डलर उपलब्ध गराउने निर्णय गरेको थियो, जुन ईएफएफ कार्यक्रमअन्तर्गत रहेको छ। यसबाहेक आरएसएफअन्तर्गत थप १.४ अर्ब डलर दिने पनि सहमति भएको थियो।
सोही योजनाको पछिल्लो कडीका रूपमा आईएमएफले यो नयाँ किस्ता अनुमोदन गरेको हो, जसले आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई केही राहत मिल्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण