११ वर्षीया बालिकामाथि यौन शोषण गरेको अभियोगमा वरिष्ठ बौद्ध भिक्षु पक्राउ
सारांश
- श्रीलंकामा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ७१ वर्षीय वरिष्ठ बौद्ध भिक्षु पालेगामा हेमारथना पक्राउ परेका छन्।
- सन् २०२२ मा अनुराधापुराको एक मन्दिरभित्र बालिकामाथि यौन शोषण गरेको र पीडित बालिकाकी आमालाई समेत सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो।
- यति वरिष्ठ तहका भिक्षु पक्राउ परेको यो श्रीलंकामा पहिलो र उच्चस्तरको घटना हो।
कोलम्बो । श्रीलंकामा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको गम्भीर अभियोगमा एकजना वरिष्ठ बौद्ध भिक्षु पक्राउ परेका छन्।
७१ वर्षीय पालेगामा हेमारथनालाई शनिबार राजधानी कोलम्बोस्थित एक निजी अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध आपराधिक अनुसन्धान सुरु भएपछि उपचारका लागि भन्दै अस्पताल भर्ना भएको अवस्थामा हिरासतमा लिइएको हो।
हेमारथनामाथि सन् २०२२ मा अनुराधापुराको एक अत्यन्तै पुजनीय मानिने मन्दिरभित्र बालिकामाथि यौन शोषण गरेको आरोप लागेको छ। यस घटनामा भिक्षुलाई सहयोग गरेको र उकासेको अभियोगमा पीडित बालिकाकी आमालाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा मजिस्ट्रेटको निर्देशनअनुसार थप कानुनी कारबाही अगाडि बढाइने उल्लेख छ।
विदेशी भ्रमणमा समेत प्रतिबन्ध लगाइएका हेमारथनालाई अनुराधापुराका मुख्य मजिस्ट्रेटको आदेशमा पक्राउ गरिएको हो। बाल संरक्षण अधिकारीहरूले भिक्षुलाई पक्राउ गर्न ढिलाइ भएको भन्दै उजुरी गरेपछि अदालतले प्रहरीलाई उनलाई बिना ढिलाइ नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।
श्रीलंकामा यसअघि पनि धर्मगुरुहरूबाट बालबालिकामाथि दुर्व्यवहार भएका घटनाहरू सार्वजनिक हुने गरे तापनि यति वरिष्ठ तहका भिक्षु पक्राउ परेको यो पहिलो र उच्चस्तरको घटना हो।
श्रीलंकाका धार्मिक नेताहरू पछिल्लो समय विभिन्न विवाद र अपराधमा मुछिँदै गएका छन्। गत महिना मात्रै कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट ११० किलो गाँजासहित २२ जना भिक्षुहरू पक्राउ परेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण