नयाँ संस्करणको घर निर्माण फेस्टको तयारी
काठमाडौँ । नयाँ संस्करणको ‘घर निर्माण फेस्ट’को तयारी थालिएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा आगामी पुस ९ देखि १२ गतेसम्म आयोजना हुने उक्त फेस्टका लागि आयोजकले बुकिङ खुला गरेको हो ।
निर्माण क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउने उद्देश्यका साथ फाउन्डेसनले यस्तो फेस्ट आयोजना गर्न लागेको हो । यसअघि गत पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना भएको थियो ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त फेस्टमा यस पटक १५० भन्दा बढी स्टलहरू रहनेछन् । निर्माण क्षेत्रमा संलग्न कम्पनी तथा संस्थाहरूले आफ्ना उत्पादन र सामग्री उपभोक्तामाझ पुर्याउन स्टल राख्न सक्ने आयोजकले जनाएको छ।
४ दिनसम्म चल्ने यस फेस्टमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शका कार्यक्रमहरू सञ्चालन हुनेछन्। निर्माण व्यवसायी र सरोकारवालाहरूबिच निर्माण क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल हुनेछ।
अवलोकनकर्ताहरूले निर्माणका क्रममा अपनाउनुपर्ने सावधानी, कम लागतमा गुणस्तरीय निर्माण गर्ने प्रक्रिया, नयाँ प्रविधि र डिजाइनबारे जानकारी पाउनेछन्। मेलामा आउनेहरूका लागि इन्जिनियर, आर्किटेक्ट र अनुभवी विशेषज्ञहरूबाट प्रत्यक्ष र निःशुल्क परामर्शको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।
यो फेस्टले अव्यवस्थित निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन, मन्दीको अवस्थामा रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा दक्ष जनशक्ति र निर्माण कम्पनीबिच सम्बन्ध स्थापित गर्ने आयोजकको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण