उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूका लागि सञ्चालन गरिने सचेतना कक्षाको दायरा विस्तार गरेको छ।
हालसम्म रामशाहपथस्थित केन्द्रीय कार्यालयमा मात्रै भौतिक रूपमा सञ्चालन हुँदै आएको यस्तो कक्षा अब ललितपुर र भक्तपुरबाट पनि सुरु हुने भएको हो ।
ट्राफिक प्रहरीका अनुसार आगामी २०८३ जेठ १ गतेदेखि ट्राफिक प्रहरी परिसर ललितपुर र ट्राफिक प्रहरी परिसर भक्तपुरबाट समेत सचेतना कक्षा पुनः सञ्चालन गर्ने तयारी पुरा भएको छ । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९मापसे०, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती र सडक लेन उल्लंघन गरी कारवाहीमा परेका चालकहरूले अनिवार्य रूपमा यस्तो कक्षा लिनुपर्ने प्रावधान छ ।
लामो समयदेखि रामशाहपथमा मात्रै सचेतना कक्षा सञ्चालन हुँदा अन्य जिल्लाका चालकहरूले झन्झट बेहोर्नु परिरहेको थियो । अब तीनै जिल्लाका ट्राफिक कार्यालयबाट कक्षा सञ्चालन हुने भएपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण