बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टर्किस एयरको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल खुल्यो, यात्रुको घुइँचो (तस्बिरहरु)

सोमबार, २८ वैशाख २०८३, ०८ : ५०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पुनः सञ्चालनमा आएको छ।
  • अवतरणका क्रममा टायरमा आगो देखिएपछि करिब डेढ घण्टा विमानस्थल अवरुद्ध भएको थियो।
  • विमानस्थल खुले पनि ढिलाइका कारण यात्रुहरू मर्कामा परेका छन्।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालनमा आएको छ। 

सोमबार बिहान इस्तानबुलबाट आएको फ्लाइट नम्बर टीके-७२६ को जहाज अवतरण गर्ने क्रममा टायरमा आगोको मुस्लो देखिएपछि विमानस्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो।

दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिएर जहाजलाई ट्याक्सी वेबाट हटाएपछि करिब डेढ घण्टापछि विमानस्थल खुलेको हो। लामो समय उडान र अवतरण प्रभावित हुँदा विमानस्थलमा यात्रुहरूको निकै ठूलो भिड लागेको छ।
यसैबीच, सोही एयरलाइन्सको इस्तानबुलका लागि बिहान ८:१० बजे उड्नुपर्ने उडान नम्बर टीके-७२७ भने प्रतिकूल परिस्थितिका कारण रद्द गरिएको विमानस्थल स्रोतले जनाएको छ। 

हाल विमानस्थलमा उडान सेवा सुचारु भए पनि ढिलाइका कारण यात्रुहरू मर्कामा परेका छन्।

5c16dd74-5551-4715-bab4-9057521accae9e3b76b9-a65b-49e9-a9a2-fa2347767df668ca14d5-5c8f-4587-8ed0-b8cdd61f22d3780c9b0c-12b8-45ea-8e81-b52700d99f65802aa550-a668-4a48-9e20-e29ace32d9bd52160a97-7f61-4fbe-b233-1613b9b858a556933ab5-00d3-4e5b-ba55-8756c8ac196c2962758e-d50a-42ac-894e-5d99434cb9ca59291308-380d-4dcd-9681-bc90d9c2480cdd9cfbc5-2a93-40d4-a97c-19f654208416e8f6246d-11fa-4384-ae36-55a944d60b1dee0a4b4d-38eb-47f7-9fb1-35cc8f7ff843f7c91fa9-9de9-416f-82a2-ee97d113acd1IMG_8286IMG_8287

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप