सुकुमबासी बस्तीमा सेना परिचालन गरिएकोमा थापाको आपत्ति
सारांश
- नेकपा (एमाले) का नेता रामबहादुर थापाले सुकुम्बासी बस्तीमा सेना परिचालन गरिनुमा सरकार र सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्।
- थापाले सिंहदरबार जल्दा मौन बसेको सेना अहिले सरकारको इशारामा नाचेको आरोप लगाउँदै सुकुम्बासी बस्तीमा किन परिचालित गरियो भनी प्रश्न गरेका छन्।
- उनले सरकारको नीति तथा कार्यक्रमले मुलुकका वास्तविक समस्या र राजनीतिक घटनाक्रमलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।
काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले सुकुमबासी बस्तीमा नेपाली सेना परिचालन गरिएको विषयमा सरकार र सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेना किन सुकुमबासी बस्तीमा परिचालित गरियो भन्दै शंका व्यक्त गरेका हुन्।
नेता थापाले संसद्मा समेत यो विषय उठाएको जानकारी दिँदै सिंहदरबार जल्दा मौन बसेको सेना अहिले सरकारको इशारामा नाचिरहेको आरोप लगाए। उनले गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका क्रममा मुलुकमा ठुलो क्षति पुर्याइएको भए पनि उक्त विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै कडा आपत्ति जनाए।
आफ्ना धारणा राख्ने क्रममा थापाले भने, ‘सेना किन सुकुमबासी बस्तीमा परिचालित गरिए ? मैले संसद्मा त्यो प्रश्न उठाएको हो। मुलुक र सिंहदरबार बल्दा सेना किन मौन बस्यो ? भनेर त्यो प्रश्न उठाएको हुँ। यो प्रश्नको जवाफ नीति तथा कार्यक्रममा आएन।’
आफ्नो भूमिका र सक्रियताले नेकपा एमालेलाई अझै सशक्त रूपमा माथि उठाउन मद्दत पुग्ने दाबी समेत उनले गरे। सरकारले सेना जस्तो संवेदनशील संस्थालाई सुकुमबासी बस्ती हटाउन प्रयोग गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उनको तर्क छ।
थापाले नीति तथा कार्यक्रमले मुलुकका वास्तविक समस्या र हालैका राजनीतिक घटनाक्रमलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण