नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने
सारांश
- आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
- यसअघि नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ दिने परम्परा थियो ।
- यस पटक भने रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिई अर्थमन्त्रीलाई दिने तयारी छ ।
काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकेर जवाफ दिने कार्यक्रम रहेको छ ।
यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो । तर यो पटक रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिएर अर्थमन्त्रीले दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सहमतिमै यस्तो कार्यसूची तय भएको हो ।’
यसअघि संसद सचिवालयको कार्यसूचीमा भने प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख थियो ।
वैशाख २८ गते बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण