बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ र झापाका तीन घरमा चोरी

बिहीबार, ३१ वैशाख २०८३, १२ : ३९
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • काठमाडौँ र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै चोरीका घटनामा १२ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
  • काठमाडौँको तारकेश्वर नगरपालिकामा दुई कोठाबाट करिब ५ लाख ७३ हजार रुपैयाँ बराबरको सुनका गरगहना र नगद चोरी भएको छ।
  • झापा गाउँपालिकामा एक घरबाट करिब ७ लाख रुपैयाँ बराबरको सुन, चाँदीका गरगहना र नगद चोरी भएको छ।

काठमाडौँ । काठमाडौँ र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै चोरीका घटनामा १२ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। 

काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामबगर भेटघाट चोकमा डेरा गरी बस्ने राजकुमार खड्कासहित दुई जनाको कोठाबाट बुधबार दिउँसो सुनका गरगहना चोरी भएको हो। धादिङ घर भएका खड्काको कोठाबाट करिब ३ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

चोरीको अर्को घटना पनि तारकेश्वर नगरपालिका–८ मै भएको छ। नेपालटार डाडागाउँ बस्ने नुवाकोटकी ३९ वर्षीया निशा राईको कोठाबाट बुधबार बिहान सुनको गहना र नगद गरी करिब १ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार काठमाडौँका यी दुई स्थानबाट मात्रै करिब ५ लाख ७३ हजारको धनमाल चोरी भएको छ।

यसैगरी, झापाको झापा गाउँपालिका–३ फूलगाछीमा पनि ठुलो परिमाणमा धनमाल चोरी भएको छ। स्थानीय ढकला श्रेष्ठको घरबाट बुधबार सुन तथा चाँदीका गरगहना र नगद गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

सबै घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप