६०/४० को भागबन्डा छोडेर अब १०० प्रतिशतको कांग्रेस बनौँ : उपसभापति शर्मा
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
- उनले विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई पनि पार्टीले क्षमता र योगदानको कदर गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।
- उपसभापति शर्माले पार्टीभित्र लामो समयदेखि चल्दै आएको ६०/४० को भागबन्डाको मनोवृत्ति त्यागेर १०० प्रतिशतको कांग्रेस बन्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको बताए ।
‘विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो,’ शर्माले भने, ‘पछिल्ला निर्णयहरू हेर्नुभयो भने प्रस्ट हुन्छ कि हामीले कसैलाई पनि पाखा लगाएका छैनौँ । विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई नै उच्च र सम्मानपूर्ण जिम्मेवारी दिइएको छ ।’
उनले पछिल्ला तीन वटा मुख्य निर्णयहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरे । महिला सङ्घको सभापतिमा मिना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे र केन्द्रीय समितिमा १९ जना सदस्यहरूको मनोनयन पार्टीलाई एक बनाउने कडीका रूपमा गरिएको निर्णय भएको शर्माले बताए ।
यी सबै नेताहरू विशेष महाधिवेशनमा सहभागी नभएको बताउँदै शर्माले पार्टीले उनीहरूको क्षमता र योगदानलाई कदर गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।
पार्टीभित्रको आन्तरिक विवाद र प्रक्रियाका सम्बन्धमा उपसभापति शर्माले असन्तुष्टि जनाए । ‘दुई महामन्त्रीलाई कारबाही गर्दा स्पष्टीकरण समेत सोध्नु नपर्ने, अनि कसैलाई उपयुक्त जिम्मेवारी दिनुपर्दा चाहिँ उनैलाई नसोधेर अरू कसैलाई सोध्नुपर्ने ? यस्तो दोहोरो मापदण्ड हुनुहुँदैन,’ शर्माले भने ।
पार्टीभित्र लामो समयदेखि चल्दै आएको ६०/४० को भागबन्डाको मनोवृत्ति त्याग्न आग्रह उपसभापति शर्माले आग्रह गरे । ‘अब ६०/४० को कुरा छोडिदिनुस्, अब सबै मिलेर १०० प्रतिशतको कांग्रेस हुनुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण