बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नायव सुब्बा ओम बहादुर खाम्चाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, ०४ जेठ २०८३, १५ : ५५
सोमबार, ०४ जेठ २०८३

काठमाडौँ । रुपन्देहीको मालपोत कार्यालय, कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको । 

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप