शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यो जितले टोलीको आत्मविश्वास थप बलियो : सन्दीप लामिछाने

सोमबार, ०४ जेठ २०८३, १६ : ४०
सोमबार, ०४ जेठ २०८३

सारांश

  • आईसीसी विश्वकप क्रिकेट लिग २ मा स्कटल्याण्डमाथि महत्त्वपूर्ण जित निकालेपछि नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्।
  • सन्दीपका अनुसार यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम हो र खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएका छन्।
  • यसै प्रतियोगितामा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने विश्व कीर्तिमान समेत बनाएका छन्।

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को शृङ्खलामा स्कटल्याण्डमाथि महत्त्वपूर्ण जित निकालेपछि नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्। यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको उनले बताए।

नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको सन्दीपले उल्लेख गरे। खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ।

समर्थकहरूको निरन्तरको साथले खेलाडीलाई थप प्रेरणा मिलेको उनले स्पष्ट पारे। स्कटल्याण्डविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्त्वपूर्ण अङ्क जोड्न सफल भएको छ।

आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको उनी बताउँछन्। नेपालका बलरहरूले स्कटल्याण्डलाई दबाबमा राख्दै नियमित विकेट लिँदा जित सहज भएको उनले उल्लेख गरे।

नेपालको यो जितले लिग–२ मा टोलीको आत्मविश्वास थप बलियो बनाएको सन्दीपले विश्वास व्यक्त गरेका छन्।

यसै प्रतियोगितामार्फत सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने ऐतिहासिक विश्व कीर्तिमान समेत बनाएका छन्। यसअघि अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ७७ खेलमा यो आँकडा पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए।

सन्दीपले मात्र ७३ खेलमा १५० विकेटको आँकडा पूरा गर्दै स्टार्कको सो कीर्तिमान भङ्ग गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप