बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित

मङ्गलबार, ०५ जेठ २०८३, २२ : ०६
मङ्गलबार, ०५ जेठ २०८३

काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतले पछि पारे । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए । दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन् । गजुरेलले ९५ मत र वलीले ७१ मत प्राप्त गरे । 

महासचिव पदमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । त्यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवारहरू अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा भने जनक खड्का निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्षमा उत्सव केसी ६७ मतका साथ विजयी भए । 

समाजको सदस्य पदका लागि लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । 

नयाँ कार्यसमितिले नेपाली चलचित्र निर्देशकहरूको हकहित र चलचित्र क्षेत्रको व्यावसायिक विकासका लागि काम गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप