एमालेले गण्डकीमा बनायो दलको उपनेता, प्रमुख सचेतकमा पहारी
बिहीबार, ०७ जेठ २०८३, १० : ३४
सारांश
- नेकपा एमालेले गण्डकी प्रदेशमा दलको उपनेतामा लीलबहादुर थापालाई नियुक्त गरेको छ ।
- देवका पहारीलाई प्रमुख सचेतक र भक्तबहादुर कुँवरलाई सचेतकको जिम्मेवारी दिइएको छ ।
- यो नियुक्ति दलका नेता खगराज अधिकारीले गरेका हुन् ।
पोखरा । नेकपा एमालेले गण्डकीमा कार्यकालको उत्तरार्धमा बल्ल दलको उपनेता चयन गरेको छ । दलका नेता खगराज अधिकारीले बागलुङका लीलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् ।
यसैगरी, प्रमुख सचेतकमा यस अघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ ।

प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री बनेपछि रिक्त पदमा पहारीलाई जिम्मा दिइएको हो । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण