नयाँ एमजी हेक्टर सार्वजनिक, प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार
काठमाडौँ । एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता जी.ओ.अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ‘एमजी हेक्टर’ सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौँको थापाथलीस्थित शोरुममा आयोजित एक कार्यक्रमका बीच यो प्रिमियम एसयूभी औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
एमजी विन्जर र एमजी कोमेटको सफलतापछि कम्पनीले एमजी ब्राण्डको सवारी दायरालाई थप विस्तार गरेको छ। स्तरोन्नत प्रविधि र आकर्षक डिजाइनसहित आएको नयाँ एमजी हेक्टरमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा र फराकिलो केबिन समावेश गरिएको छ।
सार्वजनिकरण कार्यक्रममा बोल्दै जी.ओ.अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर लोकप्रिय रहेको र यसको उच्च प्रविधि तथा सुविधाहरूले नेपाली ग्राहकको विश्वास जित्ने विश्वास व्यक्त गरे ।
नेपाली बजारमा यो एसयूभी चारवटा फरक संस्करणहरूमा उपलब्ध गराइएको छ । जसको प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ग्राहकहरूले थापाथलीस्थित एमजी शोरुममा गएर नयाँ हेक्टरको प्रत्यक्ष अवलोकनका साथै परीक्षण यात्रा (टेस्ट ड्राइभ) का लागि बुकिङ समेत गर्न सक्ने कम्पनीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण