बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नोभाद्वारा उत्पादन प्रक्रिया पुनरावलोकन र कोल्ड चेन अनुगमनमा कडाइ

शुक्रबार, ०८ जेठ २०८३, १३ : २१
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • फिस्टेल डेरीले आफ्नो नोभा आइसक्रिमको एक ब्याचमा गुणस्तर समस्या देखिएपछि उत्पादन प्रक्रियाको पुनरावलोकन र कोल्ड चेन अनुगमनमा कडाइ गरेको छ ।
  • साउन १९ गते उत्पादित चकलेट आइसक्रिमको एक ब्याचमा कैफियत भेटिएपछि कम्पनीले सो ब्याचका उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको छ ।
  • कम्पनीले उपभोक्ताको स्वास्थ्य र विश्वासप्रति उत्तरदायी रहँदै आगामी दिनमा अझ उच्च मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

कास्की । पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा कैफियत देखिएपछि आन्तरिक गुणस्तर नियन्त्रण प्रणालीलाई थप मजबुत बनाएको छ ।

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९ गते उत्पादित चकलेट आइसक्रिमको ब्याच नम्बर सीओ-२मा गुणस्तरसम्बन्धी समस्या देखिएपछि सो ब्याचका उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको कम्पनीले शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको छ । 

यस घटनालाई गम्भीरतापूर्वक लिँदै फिस्टेल डेरीले अहिले आफ्नो सम्पूर्ण उत्पादन प्रक्रियाको विस्तृत पुनरावलोकन गर्नुका साथै ढुवानी र भण्डारणमा महत्वपूर्ण मानिने ‘कोल्ड चेन’ अनुगमनलाई कडाइका साथ लागू गरेको जनाएको छ । आइसक्रिम तापक्रमप्रति संवेदनशील हुने भएकाले कोल्ड चेन टुट्दा ब्याक्टेरियाको जोखिम हुने प्राविधिक पक्षप्रति सचेत रहँदै कम्पनीले विक्रेता र वितरण साझेदारहरूलाई समेत भण्डारणमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । 

विगत १७ वर्षदेखि दुग्धजन्य उत्पादन प्रदान गर्दै आएको नोभाले उपभोक्ताको स्वास्थ्य र विश्वासप्रति उत्तरदायी रहँदै आगामी दिनमा अझ उच्च मापदण्ड पालना गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

dba05c82-ff31-47bc-afae-0f3d91eaf271

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप