शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पश्चिम एसियाको द्वन्द्वका कारण ८७ हजार भन्दा बढी नेपालीले भरे अनलाइन फारम

शुक्रबार, ०८ जेठ २०८३, १५ : ४७
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।
  • तीमध्ये अधिकांश सकुशल रहेका र केही नेपाल फर्किन चाहेको हुनाले उनीहरूलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको मन्त्रालयले जनाएको छ ।
  • पश्चिम एसियामा देखिएको द्वन्द्व समाधान उन्मुखतर्फ गइरहेको र होर्मुजको अवरोध हटाउन भइरहेको बहुपक्षीय प्रयासलाई नेपालले समर्थन गर्दै आएको प्रवक्ता क्षेत्रीले बताए ।

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन् । 

त्यसमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्किन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्र मन्त्रालयमा रहेको २४ घण्टे कन्ट्रोल रुममा पनि फोन तथा म्यासेजहरू आएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रले बताए । हालसम्म १६० वटा फोन कल, ५० वटा मेल, ११० वटा अनलाइन म्यासेज तथा १० जना भौतिक उपस्थित जनाएर आफ्नो गुनासो टिपाएको उनले बताए । 

यद्यपि विगतको भन्दा हाल फोन कल तथा म्यासेज कम आएको हुनाले कन्ट्रोल रूपमा २४ घण्टाबाट घटाएर बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म बनाएको मन्त्रालयले जानकारी गराएको छ ।

पश्चिम एसियामा देखिएको द्वन्द्व समाधान उन्मुखतर्फ गइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले होर्मुजको अवरोध हटाउन भइरहेको बहुपक्षीय प्रयासलाई नेपालले समर्थन गर्दै आएको बताए । पश्चिम एसियाका देशहरूमा रहेका नेपालीहरू सकुशल रहेको दाबी पनि मन्त्रालयले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप