चोरीको स्कुटरको नम्बर प्लेट फेरेर कुदाउने दुई जना पक्राउ
सारांश
- काठमाडौँको बालुवाखानीबाट हराएको डिओ स्कुटरको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
- धनीले निवेदन दिएपछि खोजतलासका क्रममा बिहीबार दिउँसो काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ८ फुटुङस्थित सडक खण्डमा उक्त स्कुटर फेला परेको हो।
- स्कुटर चोरीको कार्यमा संलग्न दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
काठमाडौँ । काठमाडौँको बालुवाखानीबाट हराएको एक थान स्कुटरको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० बालुवाखानीस्थित सडक खण्डबाट बा ९२ प २७६५ नम्बरको रातो रङको डिओ स्कुटर हराएको थियो। सवारी साधन हराएपछि धनीले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखामा दरखास्त सहितको निवेदन दिएका थिए। सोही निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासकै क्रममा बिहीबार दिउँसो काठमाडौँकै तार्केश्वर नगरपालिका वडा नम्बर ८ फुटुङस्थित सडक खण्डमा उक्त स्कुटर फेला परेको हो। अनुसन्धान गर्दा चोरिएका व्यक्तिहरूले स्कुटरको वास्तविक नम्बर परिवर्तन गरी बा ९२ प ९८७२ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ। स्कुटर चोरीको कार्यमा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुई जनालाई थप अनुसन्धान एवं आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण