सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार

आइतबार, १० जेठ २०८३, १४ : ५६
आइतबार, १० जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिका-३२ स्थित नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार भएको छ।
  • आक्रमणमा सिराहका १८ वर्षीय करणकुमार साह घाइते भएका छन्, जसको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको छ।
  • घटनामा संलग्न पीडितका सहोदर मामा, धनुषाका १८ वर्षीय अभिषेक यादव फरार रहेका छन् र प्रहरीले खोजी गरिरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ । आक्रमणमा परेर सिराहको कर्जन्हा नगरपालिका–१० घर भएर नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् ।

साहले आक्रमणकारीलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । धारिलो हतियार प्रहारबाट पीडितको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको छ । 

शुक्रबार दिउँसो मामा र भाञ्जाको बिचमा झगडा हुँदा मामाले भाञ्जालाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

आक्रमणमा संलग्न धनुषा घर भएर ललितपुरको टिकाथली बस्ने १८ वर्षीय अभिषेक यादव फरार छन् । अभिषेक पीडितका सहोदर मामा भएको भएको एसपी भट्टराईले जानकारी दिए ।

उनीहरुको बिचमा यसअघि पनि झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौँमा कन्सल्टेन्सी पनि चलाउँदै आएका यादवलाई प्रहरीले खोजिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप