ईयू टी–२० बेल्जियमका लागि छानिए गुलशन र ईशान
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुलशन झा र ब्याटर ईशान पाण्डे बेल्जियममा आयोजना हुने ईयू टी–२० प्रतियोगिताका लागि छानिएका छन्।
- उनीहरूले आगामी जुन ६, २०२६ देखि सुरु हुने प्रतियोगितामा जेबी ब्रुग्स टोलीको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।
- यसैबीच, क्यानले सिङ्गापुरमा हुने एसियन गेम्स क्वालिफायरका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ, जसमा झा र पाण्डे समावेश छैनन्।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी युरोपेली क्रिकेट प्रतियोगिताका लागि चयन भएको जानकारी दिएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपाली टोलीका अलराउन्डर गुलशन झा र ब्याटर ईशान पाण्डे बेल्जियममा आयोजना हुने प्रतियोगिताका लागि छानिएका हुन्।
आगामी जुन ६, २०२६ देखि सुरु हुन लागेको ‘ईयू टी–२० बेल्जियम’ प्रतियोगिताका लागि उनीहरू अनुबन्धित भएका हुन्। यी दुवै नेपाली खेलाडीले सो प्रतियोगितामा जेबी ब्रुग्स टोलीको तर्फबाट मैदान उत्रिएर प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।
यता, क्यानले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
प्रवक्ता लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको चयन गरिएको हो। यसमा झा र पाण्डे समावेश गरिएका छैनन् ।
क्यानले यस पटक टोलीको कप्तानीको जिम्मेवारी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई सुम्पेको छ। घोषित टोलीमा कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा र लोकेस बम रहेका छन्। यसैगरी टोलीमा कुशल मल्ल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव र आरिफ सेखले स्थान बनाएका छन् ।
तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र स्पिनर साहब आलम पनि छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घामले मात्रै निको पार्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण