विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह
सारांश
- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीमा मेलमिलापका लागि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न सभापति गगन थापासँग आग्रह गरेका छन् ।
- उनले पार्टी एकतामा जोड दिँदै क्रियाशील सदस्यताका बारेमा थप विवाद नगर्न र अनुशासन तोड्नेलाई विधानअनुसार कारबाही गर्नुपर्ने बताए ।
- पूर्व परराष्ट्रमन्त्री साउदले निर्वाचन समिति र अनुशासन समिति सर्वस्वीकार्य हुनुपर्ने माग गर्दै विशेष अधिवेशनमा सहभागी र असहमतबिच एकता र समन्वयपछि मात्रै १५ औँ महाधिवेशन प्रभावकारी हुने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।
कांग्रेस सुदूरपश्चिम कार्यसमितिले आइतबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् ।
‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नुस्, भेलाका प्रमुख अतिथि साउदले भने, ’क्रियाशील सदस्यताका बारेमा थप विवाद नगर्नुस् ।’
कुनै क्रियाशील सदस्यले अनुशासन तोडेको छ भने अनुशासनको कारबाही गर्ने प्रक्रिया पार्टीको विधानले नै तय गरिसकेको उनको भनाइ छ ।
’त्यो प्रक्रियाअनुसार सम्बन्धित मान्छेलाई हटाउन सकिन्छ,’ नेता साउदले भने, ’तपाईँले सर्वसम्मतिले भएको क्रियाशील सदस्यता चलाउनु हुन्न । हामी यो पनि आग्रह गर्न चाहन्छौँ ।’
पूर्व परराष्ट्रमन्त्री साउदले पार्टीमा निर्वाचन समिति सबै पक्षलाई स्वीकार्य हुने गरी अगाडि बढाइनु पर्ने पनि माग गरे ।
‘निर्वाचन समिति बनाउने, अनुशासन समिति पनि सर्वस्वीकार्य हुने गरी बनाउनु पर्छ,’ उनले भने। विशेष अधिवेशनमा सहभागी भएका र असहमत भएकाबिच एकता र समन्वय पछि मात्रै १५ औँ महाधिवेशन प्रभावकारी रूपमा आयोजना गर्न सकिने नेता साउदको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण