सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

फिर्के अपडेट : एकैदिन भत्काइयो २० संरचना

आइतबार, १० जेठ २०८३, २२ : १५
आइतबार, १० जेठ २०८३

सारांश

  • पोखरा महानगरपालिकाले आइतबार फिर्के खोलाको खोलाघर खाली गर्ने क्रममा एकैदिन २० वटा संरचना भत्काएको छ ।
  • मेयर धनराज आचार्यका अनुसार भत्काइएका संरचनामध्ये ८ वटा स्थायी र १२ वटा अस्थायी रहेका छन् ।
  • महानगरपालिकाले खोलाको प्राकृतिक बहाव फर्काउन र मिचिएको जमिन खाली गर्न यो अभियान सुरु गरेको हो ।

पोखरा । फिर्केको खोलाघर क्लियर गर्ने क्रममा आइतबारदेखि डोजर चलाइएको छ । पोखरा महानगरपालिकाले विभिन्न चरणमा छलफल र संवादपछि डोजर चलाउन थालेको हो । आइतबार एकै दिन २० संरचना भत्काइएको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार, ८ वटा स्थायी र १२ वटा अस्थायी संरचना भत्काइएको छ ।

फिर्केको खोलाघरमा १ सय ६० संरचना छन् । ती संरचना केही दिनभित्रै भत्काइसक्ने उनले बताए । ‘निरन्तर अभियान चल्छ । अब २ दिनमा फिर्के क्लियर हुन्छ,’ उनले भने । फिर्के खोलाको प्राकृतिक बहाव फर्काउन र मिचिएको जमिन खाली गर्न महानगरले काम सुरु गरेको हो ।

संरचनाहरू हटाउन सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिक समाजको ठुलो उपस्थिति थियो । सोमबारदेखि थप जनशक्ति र उपकरण परिचालन गरिने मेयर आचार्यले बताए । खोलाको प्राकृतिक बहावमा कुनै अवरोध नहोस् भनेर पुरिएका ठाउँ खुलाउन विशेष प्राविधिक टोली परिचालन भएका महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप