सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु

सोमबार, ११ जेठ २०८३, १४ : १२
सोमबार, ११ जेठ २०८३

सारांश

  • प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका थिए ।
  • न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

काठमाडौँ । प्रधान न्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ भइरहेको छ । वहस सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।
 
सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन सर्वोच्च प्रशासनले एक सातासम्म ‘होल्ड’ राखेर प्रधान न्यायाधीशमा नियुक्ति र शपथपछि दर्ता गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप