शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिबन्धित लागू औषधसहित २ जना पक्राउ

मङ्गलबार, १२ जेठ २०८३, ०८ : २३
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
  • मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक सन्देश मगर र पछाडि सवार पारस राईलाई लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
  • पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

उदयपुर । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । 

चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ न. को मोटरसाइकललाई शङ्का लागि गएराति चेकजाँच गर्ने क्रममा चालक बेलका–४ बस्ने वर्ष २७ वर्षीय सन्देश मगर र सोही मोटरसाइकलको पछाडि सवार बेलका–३ बस्ने वर्ष २५ को पारस राईलाई  प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्रामसहित  नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका निजहरू दुबैलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप