बिरामी परेर मैदान बाहिर रहेका कप्तान रोड्रीगेज कोलम्बियाको विश्वकप टोलीमा समेटिए
सारांश
- स्वास्थ्य समस्याका कारण मैदानमा धेरै समय बिताउन नपाएका कप्तान हामेज रोड्रीगेज कोलम्बियाको विश्वकप टोलीमा परेका छन्।
- सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोड्रीगेजले यस सिजन मेजर लिग सकर (एमएलएस) मा मिनेसोटा युनाइटेडका १५ खेलमध्ये मात्र दुई खेलमा सुरुवाती अवसर पाएका छन्।
- कोलम्बियाको यस टोलीमा क्रिस्टल प्यालेसका ड्यानियल मुनोज र जेफर्सन लेर्माका साथै आर्सनलका पूर्व गोलकिपर डेभिड ओस्पिना पनि परेका छन्।
बोगोटा । स्वास्थ्य समस्याका कारण मैदानमा धेरै समय बिताउन नपाएका कप्तान हामेज रोड्रीगेज कोलम्बियाको विश्वकप टोलीमा परेका छन्। रियल मड्रिड, बायर्न म्युनिख र एभर्टनका पूर्व खेलाडी रोड्रीगेजले यस सिजन मेजर लिग सकर (एमएलएस) मा मिनेसोटा युनाइटेडका १५ खेलमध्ये मात्र दुई खेलमा सुरुवाती अवसर पाएका छन्।
उनले मैदानमा जम्मा १९४ मिनेट मात्र बिताएका छन्। सन् २०२२ को कतार विश्वकपमा छनोट हुन नसकेको दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले यसपटक विश्वकपमा पुनरागमन गर्दा ३४ वर्षीय मिडफिल्डर रोड्रीगेजलाई बायर्न म्युनिखका विङ्गर लुइस डियाजले साथ दिनेछन्।
गत मार्चमा फ्रान्ससँग ३–१ ले पराजित भएको खेलका दौरान बिरामी परेपछि रोड्रीगेजलाई अस्पताल भर्ना गरिएको थियो। शरीरमा पानीको अभाव भएपछि उनलाई तीन दिनसम्म चिकित्सकको निगरानीमा राखिएको थियो।
त्यस समयमा अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनलाई मांसपेशी कमजोर हुने र ज्यान नै जान सक्ने खतरनाक रोग ‘र्याब्डोमायोलिसिस’ भएको हल्ला फैलिएको थियो, तर उनको क्लब मिनेसोटाले त्यसको खण्डन गरेको थियो। सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोड्रीगेज एमएलएस सिजन सुरु हुनु ठीक अगाडि गत फेब्रुअरीमा मिनेसोटामा आबद्ध भएका थिए।
कोलम्बियाको यस टोलीमा क्रिस्टल प्यालेसका ड्यानियल मुनोज र जेफर्सन लेर्माका साथै आर्सनलका पूर्व गोलकिपर डेभिड ओस्पिना पनि परेका छन्। विश्वकपको तयारीका लागि कोलम्बियाली टोलीले सुरुमा बोगोटामा प्रशिक्षण गर्नेछ। त्यसपछि उसले जुन १ मा कोस्टारिका र जुन ७ मा जोर्डनसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
सातौँ पटक विश्वकप खेल्न लागेको कोलम्बियाले जुन १७ मा पहिलोपटक विश्वकप खेल्न लागेको उज्वेकिस्तान विरुद्ध खेल्दै समूह ‘के’ को यात्रा सुरु गर्नेछ। यस समूहमा डिआर कङ्गो र पोर्चुगल पनि रहेका छन्।
कोलम्बियाको विश्वकप टोली:
- गोलकिपर: कामिलो भार्गास (एट्लास), अल्भारो मोन्टेरो (भेलेज सार्सफिल्ड), डेभिड ओस्पिना (एट्लेटिको नेसियोनल)।
- डिफेन्डर: डाभिन्सन सान्चेज (गालाटासारे), झोन लुकुमी (बोलोन्या), येरी मिना (काग्लियारी), विलर डिट्टा (क्रुज अजुल), ड्यानियल मुनोज (क्रिस्टल प्यालेस), सान्टियागो एरियास (इन्डिपेन्डिइन्टे), जोहान मोजिका (मालोर्का), डेइभर माचाडो (नान्टेस)।
- मिडफिल्डर: रिचर्ड रियोस (बेन्फिका), जेफर्सन लेर्मा (क्रिस्टल प्यालेस), केभिन कास्टानो (रिभर प्लेट), जुआन कामिलो पोर्टिला (एट्लेटिको पारानाएन्से), गुस्ताभो पुएर्टा (रेसिङ डे सान्टान्डर), झोन एरियास (पाल्मेइरास), जर्गे कारास्कल (फ्लामेङ्गो), जुआन फर्नान्डो क्विन्टेरो (रिभर प्लेट), हामेस रोड्रीगेज (मिनेसोटा युनाइटेड), जामिन्टन काम्पाज (रोजारियो सेन्ट्रल)।
- फरवार्ड: जुआन कामिलो हर्नान्डेज (रियल बेटिस), लुइस डियाज (बायर्न म्युनिख), लुइस सुआरेज (स्पोर्टिङ), कार्लोस आन्द्रेस गोमेज (भास्को डा गामा), झोन कोर्डोबा (क्रास्नोडार)।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण