धादिङको गजुरीमा देखाइयो नाटक ‘सुझबुझ’
सारांश
- धादिङको गजुरी गाउँपालिकामा 'आदि इत्यादि' संस्थाद्वारा 'सुझबुझ' नाटक मञ्चन गरिएको छ ।
- नाटकले आधुनिक प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग, अभिभावकको व्यस्तताले बालबालिकामा पार्ने असर, लागूऔषध दुर्व्यसनी र बालविवाह जस्ता सामाजिक समस्यालाई समेटेको छ ।
- रंगकर्मी पुरु लम्सालद्वारा लिखित तथा निर्देशित यस नाटकले सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिमा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा नाटक ‘सुझबुझ’ मञ्चन गरिएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदि इत्यादि’ को प्रस्तुतिमा मञ्चन मंगलबार (जेठ १२) मा मञ्चन भएको हो ।
नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्साल हुन् । वर्तमान नेपाली समाजमा देखिँदै गएका जल्दा बल्दा र संवेदनशील समस्याहरूलाई समेटेर तयार पारिएको यस नाटकमा दिवाकर घिमिरे, दीपमाला परियार, सागर कार्की, साेविता अधिकारी, अन्जु खड्का र रुविन सुनारको अभिनय रहेको थियो ।
आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको थियो । यसका साथै पछिल्लो समय व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढङ्गले राखिएको थियो ।
विशेषगरी युवा पुस्तामा बढ्दो लागूपदार्थको दुर्व्यसनी र यसले समाजमा पारेको गम्भीर असरलाई प्रस्तुत गरेको नाटकले समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु बनाइएको थियो ।
नाटक सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिका लागि अत्यन्तै प्रभावकारी हुने अपेक्षा गरिएको निर्देशक पुरु लम्साले बताए । नाटक बिहान ११:०० बजे गजुरीस्थित आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण