सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अर्को वर्ष १ खर्बको काठ बेच्ने लक्ष्य छ : वनमन्त्री

बुधबार, १३ जेठ २०८३, १२ : ५९
बुधबार, १३ जेठ २०८३

सारांश

  • कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने लक्ष्य राखेको बताएकी छिन् ।
  • मन्त्री चौधरीले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको र स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताएकी हुन् ।
  • उनका अनुसार नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ ।

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने बताएकी छिन् । सङ्घीय संसद्को सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको बताएकी हुन् ।  

चौधरीले काठमा पूर्णरुपमा आत्मनिर्भर हुने विश्वास गरेको भन्दै  स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताएकी हुन् । 

मन्त्री चौधरीका अनुसार  नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप