होटलहरूले पर्यटकलाई धाराको पानी दिन अस्वीकार गर्न पाउने
सारांश
- इटालीको सर्वोच्च अदालतले पाँचतारे होटलले ग्राहकलाई धाराको पानी दिन अस्वीकार गर्न पाउने फैसला गरेको छ ।
- डोलोमाइट्स क्षेत्रको एक होटलमा पर्यटकले धाराको पानी माग्दा वेटरले ७ युरोको बोतलको मिनरल वाटर दिएको थियो ।
- अदालतले ग्राहकलाई धाराको पानी दिनु होटलको अनिवार्य दायित्व नभएको निष्कर्ष निकालेको छ ।
रोम । इटलीको सर्वोच्च अदालतले पाँचतारे होटलले ग्राहकलाई धाराको पानी दिन अस्वीकार गर्नु कानुनसम्मत रहेको फैसला गरेको छ । यो मुद्दा इटालीको डोलोमाइट्स क्षेत्रमा रहेको होटल ससोङघेरसँग सम्बन्धित छ ।
सन् २०१९ को स्की सिजनमा एक महिला पर्यटकले होटलको रेस्टुरेन्टमा धाराको पानी मागेकी थिइन् । तर वेटरले उनलाई ७ युरो मूल्य पर्ने बोतलको मिनरल वाटर मात्रै दिइरहे ।
पानी प्राकृतिक स्रोत र सार्वभौमिक मानव अधिकार भएको भन्दै महिलाले आफूलाई धारा पानी नदिइनु उपभोक्ता अधिकारविरुद्ध भएको दाबी गरेकी थिइन् । उनले मानसिक पीडा र आर्थिक क्षतिका लागि होटलविरुद्ध २ हजार ७०० युरो क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेकी थिइन् ।
तर इटालीको सर्वोच्च अदालतले उनको माग अस्वीकार गर्दै इटालीको कानुनले होटल वा रेस्टुरेन्टलाई ग्राहकलाई निःशुल्क धारा पानी उपलब्ध गराउन बाध्य नपार्ने निर्णय सुनाएको हो । अदालतका अनुसार ग्राहकलाई धाराको पानी दिने वा नदिने निर्णय सम्बन्धित व्यवसायकै अधिकारभित्र पर्छ ।
होटल पक्षका वकिल सिल्भियो बेलार्डीका अनुसार अदालतले धाराको पानी उपलब्ध गराउनु अनिवार्य दायित्व होइन भन्ने निष्कर्ष निकालेको छ । महिलाले धाराको पानी होटल सेवाको आधारभूत हिस्सा भएको तर्क गर्दै यसलाई कोठामा ओछ्यानमा सिरक हुनु वा बाथरुममा साबुन हुनु जस्तै सामान्य सेवा भएको दाबी गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण