सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तरकारी बीउमा परनिर्भरता कायमै : स्वदेशी उत्पादनले २३.५ प्रतिशत मात्र माग धान्ने

बुधबार, १३ जेठ २०८३, १४ : ००
बुधबार, १३ जेठ २०८३

सारांश

  • नेपालमा तरकारी खेतीको क्षेत्रफल बढे पनि बीउमा परनिर्भरता उच्च रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ ।
  • आर्थिक सर्वेक्षण अनुसार, नेपालमा तरकारी खेतीका लागि आवश्यक २,९८० टन बीउमध्ये २३.५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्छ ।
  • चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सरकारीस्तरबाट २५ लाख बेर्ना उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो ।

काठमाडौंँ ।  नेपालमा तरकारी खेतीको क्षेत्रफल विस्तार भए पनि र बीउमा भने अझै परनिर्भरता उच्च रहेको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार तरकारीको बीउमा परनिर्भरता रहेको पाइएको हो ।

आर्थिक सर्वेक्षण अनुसार देशभर ३ लाख ३२ हजार १३० हेक्टरमा हुने तरकारी खेतीका लागि वार्षिक २ हजार ९ सय ८० टन तररकारीको विउ आवश्यक पर्दछ ।  यसको जम्मा २३.५ प्रतिशत मत्रै स्वदेशी उत्पादनले थेग्ने सर्वेक्षणमा उल्लेख छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सरकारीस्तरबाट विभिन्न मौसमी तरकारी बालीका बेर्नाहरू २५ लाखको सङ्ख्यामा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४३ लाख ५ हजार बेर्ना उत्पादन भएकोमा चालु आर्थिक वर्ष ४० लाख बेर्ना उत्पादन हुने अनुमान छ ।

फागुनसम्म सरकारी फार्म केन्द्रहरूमा विभिन्न तरकारी बालीको ९६९ किलोग्राम बीउ उत्पादन भएको छ । गत आर्थिक वर्षमा सरकारी फार्म केन्द्रमा २ हजार ५ सय ७ के.जी.बीउ उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २ हजार ५ सय ८७ के.जी.बीउ उत्पादन हुने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप