सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, सबैभन्दा कम योगदान कर्णालीको

बुधबार, १३ जेठ २०८३, १४ : ०७
बुधबार, १३ जेठ २०८३

सारांश

  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
  • अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ ।
  • कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ ।

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब बढी पुगेको हो । 

अर्थमन्त्री वाग्लेका अनुसार अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ ।  जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको अर्थमन्त्रीले उल्लेख गरे । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ पुगेको छ । 

त्यस्तै, खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप