सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा केका लागि आउँछन् पर्यटक ? सर्वेक्षणले देखायो यस्तो

बुधबार, १३ जेठ २०८३, १४ : ३५
बुधबार, १३ जेठ २०८३

सारांश

  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपाल आउने पर्यटकहरूको मुख्य रोजाइ मनोरञ्जन र सांस्कृतिक यात्रा हो ।
  • सर्वेक्षणले कुल पर्यटक मध्ये ६०.२ प्रतिशत मनोरञ्जन, १४.४ प्रतिशत तीर्थयात्रा र १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि आएको देखाएको छ ।
  • पर्यटकीय पूर्वाधार र सेवामा बागमती प्रदेश ३६.७ प्रतिशत हिस्सासहित अगाडि छ भने कर्णाली प्रदेश ४.२ प्रतिशतमा सीमित छ ।

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा पर्यटकहरूको रोजाइबारे तथ्याङ्क सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार  नेपाल आउने पर्यटकहरूको मुख्य रोजाइ मनोरञ्जन र सांस्कृतिक यात्रा नै रहेको पाइएको छ । 

कुल पर्यटकमध्ये सबैभन्दा बढी ६०.२ प्रतिशत मनोरञ्जनका लागि, १४.४ प्रतिशत तीर्थयात्राका लागि र १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आएका छन् । बाँकी ११.२ प्रतिशत पर्यटकहरू व्यापार र अध्ययन जस्ता अन्य विविध उद्देश्यले भित्रिएका हुन् ।  

सन् २०२५ मा मात्रै २ हजार ५ सय ९० पर्वतारोहण दलका ९ हजार ८ सय २० पर्वतारोहीहरूले हिमाल आरोहण गरेका छन्, जसबाट सरकारले १ अर्ब २६ करोड २६ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

हवाई सेवामा के छ अवस्था ? 

हवाई सेवातर्फ हाल नेपालमा ५ नेपाली र २७ विदेशी गरी कुल ३२ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान भर्दै आएका छन् भने मुलुकभर ३५ वटा विमानस्थलहरू सञ्चालनमा रहेका छन् । नेपालले हालसम्म ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ । 

पर्यटकीय पूर्वाधार र सेवाको प्रादेशिक वितरण हेर्दा बागमती प्रदेश ३६.७ प्रतिशत हिस्साका साथ सबैभन्दा अगाडि देखिएको छ भने कर्णाली प्रदेश ४.२ प्रतिशत हिस्सामा मात्र सीमित रहेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप