सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बजेट तयारी: अर्थ मन्त्रालय रातभर जाग्राम (तस्बिरहरू)

बिहीबार, १४ जेठ २०८३, ०७ : ०३
बिहीबार, १४ जेठ २०८३

सारांश

  • अर्थ मन्त्रालयका कर्मचारीहरू आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीका लागि मध्य रातसम्म मन्त्रालयमा सक्रिय थिए।
  • अर्थमन्त्री स्वर्णिम वाग्ले र उनको टोलीले बजेट सार्वजनिक हुनु एक साताअघि देखि नै रात अबेरसम्म काम गरिरहेका थिए।
  • बजेट सरकारको प्राथमिकता, जनताको अपेक्षा र देशको भविष्यसँग जोडिएको दस्ताबेज भएकाले यसको तयारीमा दबाब र दौडधुप उस्तै रहन्छ।

काठमाडौँ । रातको पौने १ बजे सिंहदरबार सुनसान थियो । तर अर्थ मन्त्रालयमा भने बत्ती निभेको थिएन ।  मन्त्रालयको मूल भवनबाट अर्थमन्त्री  स्वर्णिम वाग्ले र कर्मचारीहरू मध्य राति मात्र बाहिर निस्किए। कोही फाइल बोकेर हतारिँदै छन्, कोही मोबाइलमा कुरा गर्दै । 

हरेक वर्ष जेठ १५ नजिकिँदै जाँदा सिंहदरबारभित्रको माहोल फेरिन्छ। दिनभर बैठक, छलफल र चहलपहलमा व्यस्त हुने अर्थ मन्त्रालय रात परेपछि अझ बढी जागा हुन्छ।  यति बेला मन्त्रालयका कर्मचारी र अधिकारीहरू अन्तिम तयारीमा जुटिरहेका हुन्छन्।

यसपटक पनि दृश्य फरक थिएन। जेठ १५ गते साँझ ४ बजे सार्वजनिक हुने नेपालको आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि अर्थमन्त्री स्वर्णिम वाग्ले र उनको टोली एक साताअघि देखि नै रात अबेरसम्म मन्त्रालयमा सक्रिय देखिन्थे। मन्त्रालयका अधिकांश झ्यालहरू रातभर उज्यालै थिए। भित्र कर्मचारीहरू कागजात, तथ्यांक र योजनामाथि गहिरो छलफलमा व्यस्त देखिन्थे। मन्त्रालयका कोरिडोरहरूमा राति अबेरसम्म चहलपहल सुनिन्थ्यो, बैठक कक्षहरूमा निरन्तर छलफल चलिरहेको थियो।

08-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_12

बजेट केवल अंकहरूको हिसाब होइन, यो सरकारको प्राथमिकता, जनताको अपेक्षा र देशको भविष्यसँग जोडिएको दस्ताबेज हो। त्यसैले हरेक वर्ष सरकार फेरिए पनि, अनुहार फेरिए पनि, बजेट लेख्ने यो दबाब र दौडधुप उस्तै रहन्छ। नयाँ सरकारसँगै नयाँ आशा जन्मिन्छ। व्यवसायी कर नीति हेर्न आतुर हुन्छन्, किसान अनुदान र राहतको अपेक्षामा हुन्छन्, युवा रोजगारी र अवसर खोजिरहेका हुन्छन् भने विकास निर्माणको गति कस्तो होला भन्ने चासो आम नागरिकमा रहन्छ।

05-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_9

बजेट सार्वजनिक हुने दिन नजिकिँदै जाँदा चिया पसलदेखि संसद् भवनसम्म एउटै प्रश्न सुनिन्छ “यसपालिको बजेटले केही नयाँ आशा दिन्छ त ?”

01-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_502-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_603-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_704-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_806-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_1007-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_1110-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_1411-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_112-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_1513-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_214-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_315-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY_416-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY__117-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY__318-Finance ministery_Budget2083_NEPAL PHOTO LIBRARY__2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप