शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा भारी वर्षा

बिहीबार, १४ जेठ २०८३, २३ : ४२
बिहीबार, १४ जेठ २०८३

सारांश

  • काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ ।
  • तीन घण्टामै ५७.६ मिलीमिटरसम्म वर्षा मापन भएको छ ।
  • तीन प्रणालीको प्रभावले अबको केही दिन वर्षा र बदली हुनेछ ।

काठमाडौँ । आज (बिहीबार) राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा राति १०ः०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलिमिटर वर्षा मापन भएको छ । सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलिमिटर माथि वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्न सक्ने जानकारी दिएका छन् । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप