सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अपार्टमेन्टमा ड्रोन आक्रमण : ईयू नेताहरूले गरे कडा निन्दा

शुक्रबार, १५ जेठ २०८३, १५ : २६
शुक्रबार, १५ जेठ २०८३

ब्रसेल्स । रोमानियामा भएको ड्रोन दुर्घटनापछि युरोपेली सङ्घ (ईयू) का शीर्ष नेताहरूले कडा प्रतिक्रिया जनाउँदै घटनाको निन्दा गरेका छन् । घटनापछि ईयूका विदेश नीति प्रमुख काजा कालासले यसलाई रोमानियाको सार्वभौमिकता र युरोपेली हवाई क्षेत्रको स्पष्ट र गम्भीर उल्लङ्घन भनेकी छिन् ।

रुसले बिना सजाय युरोपेली हवाई क्षेत्रमा प्रवेश गर्न दिन नहुने उनको भनाइ छ । ईयूका विदेशमन्त्रीहरूले बिहीबार मात्रै रूसमाथि दबाब बढाउने, युक्रेनलाई थप सहयोग गर्ने र युरोपको रक्षा तयारी मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए ।

रोमानियासँग पूर्ण ऐक्यबद्धता र समर्थन व्यक्त गर्दै युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टालेरुसको कदमलाई असावधान र गैरजिम्मेवार भनेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसको आक्रामक युद्धले फेरि अर्को सीमा नाघेको बताएकी छन् । 

यसअघि पनि रोमानिया लगायत यस क्षेत्रका देशहरूमा रुस–युक्रेन युद्धका क्रममा ड्रोन दुर्घटनाहरू देखिँदै आएका छन् । गत अप्रिलमा पनि गलातीमा फेला परेका दुई ड्रोन रुसका हुन् कि होइनन् भन्ने विषयमा मस्कोले स्पष्ट जवाफ दिएको थिएन ।

हालैको घटनामा पनि रुसले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप