पर्यटक भिसामा आएर ज्याकेट बेचबिखन गर्ने चिनियाँ नागरिक पक्राउ
सारांश
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पर्यटकीय भिसाको दुरुपयोग गरी अवैध रूपमा व्यापार गरिरहेका दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- जिल्लाको देवचुली नगरपालिका वडा नं. १३ दलदलेस्थित बजारमा अनुमति बिना र बिल बिजक समेत नभएका सामग्रीहरू बिक्री वितरण गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
- प्रहरीले खानतलासी गर्दा बिल बिजक नभएका ४३ थान ज्याकेटहरू बरामद गरी उनीहरूलाई अध्यागमन विभाग पठाएको छ ।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पर्यटकीय भिसाको दुरुपयोग गरी अवैध रूपमा व्यापार गरिरहेका दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको देवचुली नगरपालिका वडा नं. १३ दलदलेस्थित बजारमा अनुमति बिना र बिल बिजक समेत नभएका सामग्रीहरू बिक्री वितरण गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट खटिएको विशेष प्रहरी टोलीले हिजो शुक्रबार उनीहरूलाई सामानसहित फेला पारेको थियो । पक्राउ पर्नेहरूमा ५८ वर्षीय च्यान जिन्चियान र ६० वर्षीया यी लिहुआ रहेका छन् ।
पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनीहरूले प्रचलित कानुन विपरीत व्यापारिक गतिविधि गरेको प्रहरीले जनाएको छ । उनीहरूले दलदले क्षेत्रमा बिल बिजक नभएका छालाको जस्तो देखिने ४३ थान ज्याकेटहरू बिक्री वितरण गरिरहेका थिए ।
प्रहरी टोलीले खानतलासी गर्दा ती सामानको कुनै आधिकारिक कागजपत्र नभेटिएपछि ज्याकेटहरू बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार पक्राउ परेका दुवै चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।
पर्यटक भिसामा आएर अनुमति बिना व्यावसायिक काम गर्न नपाइने कानुनी प्रावधान उल्लङ्घन गरेकाले उनीहरूलाई अध्यागमन कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण