शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हुलाक सेवा विभागकी महानिर्देशक मनमायाको गीत ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक

मङ्गलबार, १९ जेठ २०८३, १० : ३२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक भएको छ ।
  • गीत सार्वजनिक कार्यक्रममा संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ घोषणा गरियो ।
  • गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर, शब्द तथा संगीत रहेको छ ।

काठमाडौँ । हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक गरिएको छ । पूर्व मन्त्री तथा साहित्यकार एसपी कोइरालाले एक कार्यक्रम बिच गीत सार्वजनिक गरेका हुन् । सोही अवसरमा संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा घोषणा समेत गरियो ।

कार्यक्रममा पूर्व मन्त्री कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।

‘मैले मनमाया पंगेनीका गीतहरू सर्जक को हुन् भन्ने थाहा नपाई सुनेको थिए, ती गीतले मलाई गहिरो प्रभाव पारेका थिए,’ उनले भने ‘पछि खोजेर हेर्दा ती सिर्जना मनमाया पंगेनीकै रहेछन् भन्ने थाहा पाए । उहाँ निजामती सेवाभित्रको सृजनशील चेतनाको सशक्त प्रतिनिधित्व गर्नुहुन्छ ।’

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले ‘लैजाचरी–शान्तिको धुन’ लाई सन्देशमूलक तथा समयसापेक्ष सिर्जना भएको बताए ।

नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले विश्व शान्तिको सन्देश बोकेको सिर्जनामा सहकार्य गर्न पाएकोमा गर्व लागेको बताए ।

गीतकी सर्जक मनमाया पंगेनी भट्टराईले आफ्नो सिर्जनात्मक यात्रामा साथ, सहयोग र प्रेरणा दिने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन् । समाज, राष्ट्र र मानवताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले निरन्तर सिर्जना गर्दै आएको बताउँदै उनले शान्ति, सहअस्तित्व र मानवीय मूल्यको पक्षमा कला र संगीतलाई समर्पित गर्ने प्रतिबद्धता जनाए ।

मनमाया पंगेनी नेपाली संगीत क्षेत्रमा सामाजिक चेतना, सांस्कृतिक मूल्य र मानवीय संवेदनालाई गीतमार्फत अभिव्यक्त गर्ने सर्जकका रूपमा परिचित छिन् । गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मनमाया पंगेनीकै रहेको छ । कमल सौरागले संगीत संयोजन गर्नुभएको हो भने राजकुमार बगरले मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हाल्नुभएको छ ।

भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप