१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
सारांश
- सेयर बजार परिसूचक (नेप्से) १३.४६ अङ्कले घटेर २७६६.७८ अङ्कमा कायम भएको छ ।
- आज १९८ कम्पनीको सेयर मूल्य घट्दा ६३ कम्पनीको मूल्य बढ्यो र ८ कम्पनीको स्थिर रह्यो ।
- सबैभन्दा धेरै कारोबार गर्नेमा एभरेस्ट बैंक डिबेन्चर ८६, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।
काठमाडौँ । सेयर बजार १३.४६ अङ्कले घटेको छ । साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.७८ अङ्कमा कायम भएको हो।
आज ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ ८ को स्थिर रह्यो । आज ४ अर्ब ७० करोडको भएको छ जुन अघिल्लो दिन ५ अर्ब ७३ करोड थियो।
आज म्युचुअल फण्ड बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । होटल तथा पर्यटन १.०७ तथा निर्जीवन बीमा १.२० प्रतिशतले घटेको छ।
आज कालिञ्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै न्यादी हाइड्रोपावरको मूल्य ९.१६, सेन्ट्रल फाइनान्सको ४।७८ प्रतिशत मूल्य बढ्यो।
आज विजय लघुवित्तको ४.६९, भगवती हाइड्रोपावरको ४.२७ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएकामा एभरेस्ट बैंक डिबेन्चर ८६ को १४ करोडको हुँदा, आँखुखोला जलविद्युत् ३२ करोड, सेन्ट्रल फाइनान्स १८ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडको कारोबार भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण