‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
सारांश
- प्रहरीले 'प्राइभेट भिल्ला पार्टी'को नाममा सामाजिक सञ्जालबाट ठगी गर्ने भारतीय नागरिक शुभम मोहन्तीलाई पक्राउ गरेको छ ।
- मोहन्तीले फेसबुक रिल, टिकटक र विभिन्न पेजमा निश्चित रकम लिएर युवती उपलब्ध गराउने भन्दै ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
- ग्राहकहरूले अनलाइनमार्फत रकम भुक्तानी गरेपछि उनी सम्पर्कविहीन हुने गरेको पाइएको छ ।
काठमाडौँ । प्राइभेट भिल्ला पार्टीको नाममा सामाजिक सञ्जालबाट ठगी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक शुभम मोहन्ती छन् ।
उनलाई बिहीबार बसन्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले रातोपाटीलाई बताए । १९ वर्षीय मोहन्तीले सामाजिक सञ्जाल काठमाडौँको अज्ञात ठाउँमा प्राइभेट भिल्ला पार्टी गरिने भन्दै फेसबुक रिल्स, टिकटक र विभिन्न पेजमा निश्चित रकम तिरेपछि युवती उपलब्ध गराउने प्रलोभन देखाएर ठगी धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
विज्ञापन हेरेर पार्टीमा सहभागी हुन चाहनेहरूबाट अनलाइन माध्यमबाट रकम लिएपछि उनी सम्पर्क विहीन हुने गरेको थाहा भएको छ । ‘पार्टी इन्टरटेनमेन्ट सर्भिस’ नामको पेजबाट एआईजी निर्मित भिडियोमा काठमाडौँमा एक्सक्लुसिभ प्राइभेट पार्टी आयोजना हुने दाबी गरेको विज्ञापन भेटिएको छ ।
आरोपीले सुरुमा पार्टीमा सहभागी हुन १० हजारको टिकट किन्नुपर्ने बताउँछन् । ग्राहकलाई सम्पर्कमा ल्याएपछि उनले आकर्षक युवतीहरूको तस्बिर पठाएर ३० हजारसम्मको प्याकेजको लोभ देखाएर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण